७ कार्तिक २०७७, शुक्रबार

भारतमा कोरोना संक्रमितको संख्या ५६ लाख नजिक

0

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेका छ। सोमबार मात्रै ७४ हजार ४९३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो समयको यो कमै हो । यसअघि निरन्तर ९० हजार भन्दा बढी संक्रमित थपिँदै आएका छन् । हाल ९ लाख ७५ हजार ६२३ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार मात्रै अहिलेसम्मकै रेकर्ड १ लाख २ हजार ७० जना कोरोनामुक्त भएका छन् । यो कुनै पनि देशको एकैदिन कोरोनामुक्त हुनेको सबैभन्दा धेरैको रेकर्ड हो ।

पछिल्लो ४ दिनमा १० लाख २० हजार सक्रिय संक्रमित घटेर ९ लाख ७५ हजार पुगेका हुन् । गत १८ सेप्टेम्बरमा ९५ हजार ३७३ जना कोरोनामुक्त भएका थिए । भारतमा कोरोनाबाट ८८ हजार ९६५ जनाको ज्यान गइसकेको छ । सोमबार १ हजार ५६ मृतक थपिएका छन् । भारतमा अधिकांश राज्यहरुमा सबै कुरा खुलेका छन् । विद्यालयसमेत पनि खुलेका छन् ।

Facebook Comments
0