६ कार्तिक २०७७, बिहीबार

काठमाडौँ उपत्यकामा ६७४ जनामा कोरोना संक्रमण पुष्टि

1+

५ आश्विन, काठमाडौँ ।
सोमबार काठमाडौँ जिल्लामा ५३८ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ । भक्तपूरमा ७४ जना तथा ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ । उपत्यकाका तीन जिल्लामा गरी ६७४ जना संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना भाइरसका ११५४ जना नया संक्रमित भेटिएका छन् । स्वास्थय तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १००५ जना निको भएका छन् भने १६ जनाको निधन भएको छ ।
यो सँगै नेपालमा संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ भने ४७ हजार २३८ जना निको भएका छन् । त्यस्तै निधन हुनेहरुको संख्या ४२७ रहेको छ । अहिले देशभर ७४०३ जना क्वारेन्टीनमा रहेका छन् भने १७ हजार ६११ जना आइसोलेसनमा रहेका छन् ।

Facebook Comments
1+