४ कार्तिक २०७७, मंगलवार

आज १२०४ जना संक्रमित थपिए

0

काठमाडौँ ।
शनिवार कोरोनाभाइरसका १२०४ जना संक्रमितहरु भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । त्यसैगरी गत २४ घण्टामा १४४७ जना निको भएसँगै निको हुनेहरुको संख्या ४५ हजार २६७ पुगेको छ । त्यसैगरी ११ जनाकोे निधन भएसँगै हालसम्म कोरोनाको कारण नेपालमा ४०१ जनाले ज्यान गुमाएका छन ।
हाल देशभर ७७३५ जना क्वारेन्टीनमा रहेका छन भने १७ हजार १२९ जना आइसोलेसनमा रहेका छन ।
यसैगरी काठमाडौँ जिल्लामा ५७० जना संक्रमित भेटिएका छन भने ललितपूरमा ५८ जना तथा भक्तपूरमा ८३ जना भेटिएका छन । राजधानीका तीन जिल्लामा आजकोे दिनमा ७११ जना संक्रमित भेटिएका हुन । यो भनेको कुल संक्रमितको ६० पर्सेन्ट हो ।

Facebook Comments
0