३ कार्तिक २०७७, सोमबार

काठमाडौँमा भेटिए ६७६ संक्रमित

1+

३० भदौ, काठमाडौँ ।
मंगलबार काठमाडौँ जिल्लामा ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै राजधानीका तीन जिल्लामा गरी ६७६ जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस दिन नेपालमा १४५९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार १०६२ जना निको भएका छन् । भने ११ जनाको निधन भएकोा छ । यो सँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेकोे छ भने निको हुनेहरुको संख्या ४० हजार ६३८ पुगेको छ । त्यस्तै निधन हुनेहरुको संख्या २७१ पुगेको छ ।
हालसम्म देशमा ८ लाख ६१ हजार ७८० परिक्षण भएको छ । भने अहिले देशभर ७२५० जना क्वारेन्टीनमा रहेका छन् । त्यसैगरी आइसोले्सनमा बस्नेहरुको संख्या १५ हजार ७७९ रहेको छ ।

Facebook Comments
1+