११ कार्तिक २०७७, मंगलवार

सिन्धुपाल्चोकमा असार यता मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझैँ वेपत्ता

1+

२९ भदौ ,सिन्धुपाल्चोक – बितेको दुई महिनामा सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी ७४ जनाको मृत्यु भएको छ । हालसम्म ४१ जना वेपत्ता रहेका छन् । हिजो बाह्रबिसे नगरपालिका ७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ जना हालसम्म पनि वेपत्ता छन् ।

असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। १२ र ९ मा बाढी पहिरोले २ जनलाई बगाएको थियो भने १ जना हालसम्म पनि वेपत्ता छन् । गत असार २४ गतेको पहिरोले बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा पनि ठूलो क्षति पु¥याएको थियो । बाह्रबीसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी आएको पहिरोले दुई जनाको मृत्यु भएको थियो भने १७ जना हालसम्म पनि हराइरहेका छन् । त्यही दिन भोटेकोशी गाँउपालिका–४ वुलकुटेमा बाढीले बगाएर एक जनाको मृत्यु भएको थियो ।

साउन १ गते भोटेकोशी गााउपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुरेकोमा धेरै ठूलो प्रयासपछि मात्र शव फेला परेको थियो । गत साउन १९ गते राति परेको अविरल वर्षका कारण मेलम्ची नगरपालिका–११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा ९ जनाको मृत्यु भएको थियो ।

मेलम्ची खानेपानीको गेट फुटला खोलाको बेगले २ जनलाई बगाएको थियो जसमा १ जना हालसम्म पनि हराइरेहका छन् । साउन ३० गते सिंगो गाउँ नै पुरिने गरी आएको लिदी पहिरोमा परी ३६ जनाको मृत्यु भएको थियो भने पहिरोमा हालसम्म पनि २ जना हराइरहेका छन् । बिभिन्न पहिरोमा हालसम्म ४२ जना हराईरहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।

पहिरोमा परी जिल्लाभर १ सय ३० घर पूर्ण रुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । जसमा बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाँउपालिकामा २०, जुगल गाँउपालिकामा २९ र शुनकोशी गाँउपालिकामा ४ घर पहिरोले पूर्ण रुपमा क्षति पु¥याएको छ । बाढीपहिरोपछि सबैभन्दा बढी बाह्रबीसे नगरपालिकाको १४ सय ४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

आफुखुसी राहत नबाँड्न सार्वजनिक अपिल

घुम्थाङ भीरखर्क–नागपुजे पहिरो पीडितका लागि दाताहरुले राहत लिएर आउने क्रम सुरु भएपछि बाह्रबिसे नगरपालिकाले आफूखुसी राहत नबाँड्न सार्वजनिक अपिल गरेको छ ।

स्वास्थ्य सुरक्षाको ख्याल गर्दै एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भन्दै बाह्रबिसे नगरपालिकाले दाताहरुलाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेको हो । कोरोना भाईरसको जोखिमका कारण भीडभाड गर्न नहुने, भौतिक दुरी कायम गर्नुपर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना गरेर पहिरो पीडितलाई नगरपालिकाले राहत उपलब्ध गराउने बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।

एकद्वार प्रणालीमा पहिरोपीडितका सेल्टरमा राहत पु¥याउने नीति अनुरुप समन्वयका लागि दाताहरुलाई आग्रह गरिएको उपप्रमुख शुशिला पाख्रीनले जानकारी दिइन् । बाह्रबिसे नगरपालिकाले हिजो साँझ नै पीडितको अस्थायी वासका लागि ४५ थान टेण्ट नागपुजे पु¥याएको छ ।

Facebook Comments
1+
प्रतिक्रिया दिनुहोस