११ कार्तिक २०७७, मंगलवार

कोरोना सङ्क्रमणका कारण भक्तपुरमा २ जनाको मृत्यु

0

२९ भदौ, भक्तपुर -नोबेल कोरोना भाइरस सङ्क्रमणका कारण भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा आज २ जनाको मृत्यु भएको छ ।

मध्यपुर नगरपालिका– ५ का ७२ वर्षका पुरुष र नगरपालिकाको वडा नं ७ का ७४ वर्षका पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । वडा नम्बर ५ का पुरुषको आज विहान ९ बजेतिर काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।

नेपाल कोरिया मैत्री अस्पतालमा कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । तर मुटुसम्बन्धी समस्या भएका कारण उनलाई गंगालाल हृदयरोग केन्द्रमा पठाइएको मध्यपुर नगरपालिकाकी उपमेयर अञ्जनादेवी मधीकर्मीले बताइन् ।

वडा नम्बर ७ का ७४ वर्षका पुरुषको मेगा अस्पतालबाट ग्राण्डीतर्फ लैजाने क्रममा मृत्यु भएको नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए । ५ दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमै रहेका उनी स्वास्थ्यमा समस्या देखिएपछि मेगा अस्पताल लगिएका थिए । मेगा अस्पतालले आज नै ग्राण्डी अस्पताल रिफर गरेको थियो ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस