७ कार्तिक २०७७, शुक्रबार

बिहीबार भएको सेयर कारोबारको सबै राफसाफ स्थगन

1+

काठमाडौँ । नेप्सेको कारोबार ब्यबस्थापन प्रणालीमा आएको समस्याको कारण दुइ घण्टा स्थगन भएको गत विहिबार अर्थात भदौ २५ गतेको कारोबारको सबै राफसाफ स्थगन गरिएकोे छ । सिडिएस एण्ड क्लियरिङ्गले उक्त दिन भएको कारोबारको राफसाफ स्थगित गरेको एक सूचना जारी गर्दै जानकारी गराएको छ । नेपाल स्टक एक्चेञ्जले २५ गते बिहीबार नेप्से कारोबार व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या आएको कारण कारोबारको सेटलमेन्ट पोष्टपोन्ड गर्न आग्रह गरेको थियो।

सिडिएससीका अनुसार नेप्सेले बिहीबार भएको कारोबारको राफसाफ रोक्न निर्देशन दिएको छ । बिहीबारको कारोबार आज राफफास हुनुपर्ने भएपनि नेप्सेको निर्देशनपछि अर्को सू्चना जारी नभएसम्मका लागि राफसाफ तथा फर्छयौट हुनुपर्ने सेयरको राफासाफ रोकिएको हो । नेप्सेले दिएको निर्देशनमा कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)मा प्राविधिक समस्या देखिएको कारण यसप्रकारकोे निर्णय गरिएको जनाइएको छ । बिहीबार टिएमएसमा आएको समस्याका कारण ३ बजे रोकिने कारोबार ५ बजेसम्म भएको थियो । नेप्सेको टिएमएसमा आइतवार पनि समस्या आएको थियो । डेटामा अनावश्यक हस्तक्षेपको कारण यस प्रकारको समस्या आइरहने गरेको श्रोत बताउँछ । यस प्रकारका समस्याले लगानीकर्ताहरुले आनन्द सँग लगानी गर्न पाएका छन् भने उनीहरुमा ब्यापक अन्यौलता हुने गरेको छ। यही विषयमा प्रधानमन्त्री कार्यालयमा उजुरी समेत पुगेको छ ।

Facebook Comments
1+