७ कार्तिक २०७७, शुक्रबार

केटिएमले सोमबार दुई प्रकारका बाइकहरु सार्वजनिक गर्दै

2+

केटीएमले भोलि सोमबार एकै दिन दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । यी दुबै मोडल बीएस ६ इन्जिन युक्त हुने छन् । ड्यूक २०० बीएस ६ र ड्यूक २५० सार्वजनिक गर्ने भएको हो ।

ड्यूक २०० र २५० को बुकिङ यसअघि लिदैँ आएको थियो । त्यतिबेला ग्राहकले ३० हजार टोकन रकम बुझाएर बुकिङ गरेका थिए ।‘भोलि ड्यूक २०० र २५० एकैसाथ बीएस ६ इन्जिनमा सार्वजनिक गर्दैछौं’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

योसँगै बीएस ६ मोटरसाइकल भित्र्याउने केटीएम पहिलो कम्पनी भएको छ । हालसम्म नेपालमा अन्य कम्पनीले बीएस ६ मोडलका मोटरसाइकल ल्याएका छैनन् । ड्यूक २५० मा २४८.८ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले २९।६ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।

यस्तै केटीएम ड्यूक २०० मा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९।३ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यी दुबैमा फुल डिजिटल कन्सोल, फुल एलइडी लाइट, गियर इन्डिकेटर, अलोय ह्वील, एबीएस, यूएसडी फर्क जस्ता फिचर रहेको छ । बीएस ६ ड्यूक २०० को मूल्य ५ लाख ४० हजार र २५० को मूल्य ६ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

Facebook Comments
2+