७ कार्तिक २०७७, शुक्रबार

एकैदिन १४ सय ५४ जनामा संक्रमण पुष्टि

1+

काठमाडौ, २६ भदौ ।
नेपालमा कोरोना भाइरसका हालसम्मकै सर्वाधिक संक्रमित भेटिएका छन् । शुक्रवार नेपालमा एकैदिन १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
त्यसैगरी गत २४ घण्टामा ९७२ जना निकोे भइ घर गएका छन् । यो सँगै निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । त्यस्तै शुक्रवार ५ जनाको निधन भएको पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोनाको कारण ३२२ जनाले ज्यान गुमाएका छन् ।

Facebook Comments
1+