३ कार्तिक २०७७, सोमबार

केन्द्रीय कारागारका ४ कैदीबन्दीमा मृत्युपछि कोरोना पुष्टि

1+

काठमाडौं । केन्द्रीय कारागारका ४ जना कैदीबन्दीलाई मृत्युपछि कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप चारजना कैदीबन्दीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले बताए ।

मृत्युपछि संक्रमण पुष्टि भएकाहरुमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुष छन् । उनीहरुको वीर अस्पतालमा मृत्यु भएको थियो । ३ जना कैदीको भदौ १६ मा र दोलखा घर भएका १ कैदीको भदौ १९ मा मृत्यु भएको थियो ।

Facebook Comments
1+