११ कार्तिक २०७७, मंगलवार

दिगोद्वारा तीनवटा विद्युतीय व्यावसायिक गाडी सार्वजनिक

2+

दिगो ग्रुप अफ कम्पनिजले नेपालमा विद्युतीय सवारी साधनको क्रमिक विकासलाई पुनः परिभाषित गर्दै विश्व विद्युतीय सवारी साधन दिवस (वल्र्ड इभी डे) को अवसर पारेर आफ्ना तीनवटा विद्युतीय गाडी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका सवारी साधनमा दिगो ईबस, दिगो ई६मिनीबस र दिगो डाँफेमाइक्रोबस छन् । यी गाडीहरूको प्रारम्भिक मूल्य क्रमशः दिगो ईबसको १ करोड २६ लाख ५० हजार, दिगो ई६मिनीबसको ९० लाख र दिगो डाँफेमाइक्रोबसको ४४ लाख रुपियाँ पर्ने कम्पनीले समाचारमा जनाएको छ ।

दिगोको बारेमा भन्नु पर्दा नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने भिजन बोकेको नयाँ ऊर्जा कम्पनी हो । यो कम्पनी यात्रा गर्ने अझ बढी जिम्मेवार विधि छ भन्नेमा विश्वास गर्दछ र यसैलाई चीरस्थायी बनाउन प्रतिबद्ध छ । दिगो पर्यामैत्री यातायाततर्फको परिवर्तनमा उत्प्रेरकको भूमिका खैल्दै अन्ततः वातावरणीय रुपमा दिगो नेपालको मार्ग प्रशस्त गर्ने काममा उत्प्रेरक बन्न चाहन्छ भनि कम्पनीले बताएको छ ।

उत्सर्जनशून्य भविष्यको लक्ष्य हासिल गर्न दिगोले विद्युतीय मोबिलिटीको पूर्ण इकोसिस्टम विकास गर्नुका साथै सिएटिएल, स्टार चार्ज, डिएफएसके, सिएचटिसी, जोयलङ जस्ता यस क्षेत्रका नेतृत्वदायी कम्पनीहरुसँग सहकार्य गरिरहेको छ । यस प्रतिबद्धतालाई सुनिश्चितता गर्छ विश्वस्तरे बिक्री पछिको सेवा र २४ घण्टो ग्राहक सेवा दिने समाचारमा जनाइएको हो ।

दिगो ईबसबारे

दिगो ईबस प्रिमियम विद्युतीय बस हो । यसका विशेषतामा एबिएस, भेन्टिलेसन फ्यानसहितको रुफ ह्याच, स्टेर लाइट, प्रोटेक्सन बार, एलइडी रुट बोर्ड, रिमोट कन्ट्रोल डोर, डिजिटल घडी, एमपी३ प्लस रेडियो, चार्जिङ रिसेप्टेकल, एयर कन्डिसनर, हेड रेल लगायत समावेश छन् । यो बसलाई ७० जनासम्म बोक्न मिल्ने बनाउन सकिन्छ । सुरक्षाको दृष्टिले यो बस आगो निभाउने फायर एक्सटिङ्ग्विसर, सेफ्टी ह्याम्मर (चारवटा), पछिल्लो भागमा क्यामेरा, ढोकाको अनुगमन गर्ने प्रणाली जस्ता उपकरणले सुसज्जित छ । यसलाई सार्वजनिक यातायात, अर्बन फ्लिट, सहरभित्रको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल लगायतमा प्रयोग गर्न सकिने समाचारमा जनाइएको छ ।

१२९ किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र १४० किलोवाटको मोटर रहेको यो बस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसन मा २०० किलोमिटरसम्म गुड्छ ।  यसको प्रतिकिलोमिटर बिजुली खर्च ७ रुपैयाँ १ पैसा पर्छ, जुन करिब २२ रुपैयाँ प्रतिकिलोमिटर पर्ने डिजेल बसको सञ्चालन खर्चको तुलनामा ७० प्रतिशत कम रहेको पनि बताइन्छ ।

दिगो ई६ (मिनीबस) बारे

प्राविधिक रुपमा उन्नत डिजाइनको दिगो ई६ मिनीबस सुविस्ता, सुविधा र बसभित्र उपलब्ध हुने अन्य सम्पूर्ण व्यवहारिक विशेषताको मिश्रण हो । यसले २० जनासम्म यात्रुलाई प्रदूषण र आवाजरहित तथा आरामदायी यात्राको अनुभव दिलाउँछ । आफ्नो व्यवसायलाई अगाडि बढाउन यो एउटा उत्कृष्ट सवारी साधन हो । दिगो ई६ सबै प्रकारका र दीर्घकालीन लचकता प्रदान गर्न  र सहन विकास गरिएको सवारी साधन भएको कम्पनीले बताएको छ ।

विज्ञप्तिमा अगाडि भनियोउच्चतम सुविधा, लागत न्यूनीकरण र कार्बन निष्प्रभावी बनाउन पुनः परिभाषित बिलासी यात्रुबाहक सवारी साधन हो । पर्याप्त फराकिलो भित्री भाग, ठूला सिट तथा पस्न र निस्कन सजिला स्लाइडिङ डोर भएको यो बस निश्चित संख्यामा यात्रु ओसार्नका लागि उत्कृष्ट सवारी साधन हो । यो बसमा आवश्यकता अनुसार १४, १६, १७ र २० जनासम्मको लागि व्यक्तिगत सिट भएको बनाउन मिल्छ । यसलाई सहरभित्रको वा एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेहिकलको रुपमा प्रयोग गर्न सकिन्छ ।

यो ८० किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ११० किलोवाटको मोटर रहेको यो मिनीबस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसन मा २१० किलोमिटरसम्म गुड्छ  (एनइडिसी २८० किलोमिटर )। यो बसको प्रतिकिलोमिटर बिजुली खर्च ३ रुपैयाँ २  पैसा मात्र पर्न आउँछ, जुन डिजेलको करिब १३ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ७० प्रतिशत कम हो भनि समाचारमा जानकारी दिएको हो ।

दिगो डाँफे (माइक्रोबस) बारे

११ सिटको दिगो डाँफे डिजाइन, सुविधा र विश्वसनीयताको प्रतीक हो । यो बलियो बहुउद्देश्यीय विद्युतीय माइक्रोबस यात्रालाई सजिलो र आरामदायी बनाउनुका साथै बढीभन्दा बढी आम्दानीका लागि प्राविधिक रुपमा उन्नत विशेषताले भरिपूर्ण छ । डाँफे फ्लिट सर्भिस, सहरभित्रको र एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेहिकलको लागि उत्तम विकल्प हो ।

४२ किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको यो सवारी साधन एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसन मा २५० किलोमिटरसम्म गुड्छ (एनइडिसी ३०० किलोमिटर) । यो माइक्रो बसको प्रतिकिलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ, जुन डिजेलको करिब ९ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो ।

Facebook Comments
2+
प्रतिक्रिया दिनुहोस