८ कार्तिक २०७७, शनिबार

जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

0

कैलाली – २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-४ सहिदगेटस्थित डडेल्धुरा होटलबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त होटलका संचालक कञ्चनपुर भिमदत्त नगरपालिका-९ घर भएका २० वर्षीय सञ्जु पाल, डडेल्धुरा अमरगढी नगरपालिका-१ बस्ने २० वर्षीय हेमन्त दियाल, डडेल्धुरा नवदुर्गा गाउँपालिका-२ बस्ने २४ वर्षीय दिपक भट्ट र डडेल्धुरा अजयमेरु गाउँपालिका-१ बस्ने २१ वर्षीय टंक धामी रहेका छन् ।

उक्त होटलमा महिलालाई जबरजस्ती करणी गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
0