१० कार्तिक २०७७, सोमबार

मोबाइल नभएर अध्ययन गर्न नसक्दा आत्महत्या

1+

भारतको पश्चिम बंगालस्थित जलपाइगुढी जिल्लामा अनलाइन कक्षाका लागि स्मार्टफोन किन्न नसक्दा एक कलेजकी छात्राले आत्महत्या गरेकी छिन् । प्रहरीले बुधबार उक्त कुरा सार्वजनिक गरेका हुन् । स्थानिय क्रान्ति प्रहरी चौकीका अधिकारी दिलीप सरकारले भनेका छन्, मल्ली कलेजमा अध्ययनरत सरीपुकरी इलाका बस्ने बीए की छात्रा जयन्ती बाउलीले गत सोमबार राति निजकै घरमा फाँसी लगाएर आत्महत्या गरेकि छिन् ।

मृतक छात्राकी बाबु अविराम बाउलीले प्रहरीलाई बताउँदै भने उनी मजदुरी गर्दै आफना परिवारको पालन पोषण गर्ने गरेको हुँदा धेरै मुस्किलले त कलेजको फिस बुझाउँदै गरेकोमा म कहाँबाट उनलाई अनलाइन कक्षा अध्ययनका लागि स्मार्टफोन व्यवस्था गर्न सक्छु र ? मलाई के थाहा कि यसैलाई लिएर मेरी छोरीले यस्तो कदम उठाउँछिन् भनेर । यस्तो घटना हुने आभास भए त म ऋण लिएर भए पनि तिनको माग पूरा गर्थे । प्रहरीले भने थप अनुसन्धान जारी राखेको छ । न्यूज एजेन्सी

Facebook Comments
1+
प्रतिक्रिया दिनुहोस