१० कार्तिक २०७७, सोमबार

वयश्क हरिण निल्न नसक्दा अजिंगरको मृत्यु

1+

भारतको उत्तरप्रदेशस्थित अमरोहा गाउँमा उखुको खेतमा एउटा अजिंगरले वयश्क हरिण निल्दा अजिंगरकै मृत्यु भएको समाचारमा जनाइएको छ ।

खेतमा काम गरिरहेकी एक किसानकी छोरीले अजिंगरले वयश्क हरिण निल्दै गरेको देखेपछि उनले हल्ला गरेर सबैलाई बोलाइएकी थिइन् । जोकोही आएर हेर्दा निकै अच्चम मान्नुपर्ने दृश्य त्यहाँ देखिएको थियो ।

त्यहाँ आएका गाउँका मानिसहरुले तुरुन्तै वन विभागका कर्मचारीहरुलाई बोलाएर वन विभागका कर्मचारी र गाउँका किसान मिलेर अजिंगरलाई खेत बाहिर ल्याएका थिए । बाहिर ल्याए लगत्तै अजिंगरको मृत्यु भएको बताइन्छ ।

यो घटना आदमपुर थाना अन्तर्गतको मालीपुरा गाउँको हो । किसान देवदत्तको उखु खेतमा उक्त घटना घटेको बताइन्छ । गत शनिबार दिउँसो किसानका छोरीहरु हिमांसी र लक्ष्मी उखु खेतमा जाँदा उक्त दृश्य देखेका थिए । यस्तो दृश्य देख्दा हिमांसी त त्यहीँ बेहोस हुन पुगेकी थिइन् भने दिदी लक्ष्मीले गाउँका मानिसहरुलाई हल्ला गरेर उक्त स्थानमा बोलाएकी थिइन् ।

छेउछाउबाट निकै मानिसको भिंड त्यहाँ जम्मा भएका थिए । साथै वन विभागका कर्मचारीहरुले उक्त अजिंगरलाई वनमा लगेर छोड्ने निधो गरेका थिए तर केही समय पछि उक्त अजिंगरको मृत्यु भएको बताइन्छ । न्युज एजेन्सी

Facebook Comments
1+
प्रतिक्रिया दिनुहोस