७ कार्तिक २०७७, शुक्रबार

रोयल इन्फिल्डले नयाँ मोटरसाइकल सार्वजनिक गर्दै

1+

काठमाडौँ । रोयल इन्फिल्डले नयाँ मोटरसाइकल आगामी सेप्टेम्बर २२ तारिखमा भारतमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

कम्पनीले ल्याउन लागेको नयाँ मोटरसाइक मेटर ३५० अहिले निकै चर्चामा रहेको मोडल हो । कोभिड १९ संक्रमणको कारण यसअघि नै बजारमा आउने बताइएको मेटर ३५० ढिलोगरि बजारमा आउन लागेको हो ।

ब्रिटिस कम्पनी रोयल इन्फिल्डले नयाँ मोटरसाइकलमा ३४६ सीसी क्षमताको सिंगल सिलिण्डर एयरकुल्ड इन्जिन प्रदान गरेको छ । उक्त नयाँ इन्जिनले २०.२ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

नयाँ मोटरसाइकलको बिक्री सुरुसँगै कम्पनीले थन्डरवर्ड ३५० को उत्पादन बन्द गर्ने अनुमान गरिएको छ । १५ लिटरको फ्यूल ट्याङ्कको साथ आउने नयाँ मोटरसाइकलमा सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अगाडि १९ इन्च र पछाडि १७ इन्चको टायरको साथ आउने छ । कम्पनीले यसलाई विभिन्न ७ कलर भेरियन्टमा उपलब्ध गराउने छ ।

Facebook Comments
1+