७ कार्तिक २०७७, शुक्रबार

काग हाम्रा लागि कत्तिको शुभ छ

2+

हिन्दू धर्मावलम्बीहरुले सगुन अपसगुनलाई निकै मान्ने गरेका हुन्छन् । मान्नेहरुका लागि यदि कुनै शुभ कार्यका लागि घरबाट बाहिर जाँदा बिरालोले बाटो काटेमा या कसैले हाछ्यिौँ गरे त्यसलाई अपसगुन मानिन्छ । तर यसको वैज्ञानिक पुष्टि भने अहिलेसम्म भएको छैन ।

यस्तैमा शुभ संकेतलाई हेर्ने हो भने कागलाई पनि लिने गरेका हुन्छन् । रमाइलो त के भने कागको पुजा हामी काग तिहारमा मात्र गछौँ र अन्य दिन खासै वास्ता गर्ने गरेका छैनौँ काग यस्तो पंछि हो जो दिनहुँ हाम्रो अगिल्तिर देखिने गरेको छ । अझ श्राद्धका समय कागलाई पनि भोजन छुट्याउने गरिएको छ । किनभने कागलाई हाम्रो सनातनि धार्मिक परम्पराअनुसार पितृकै अर्को रुप हो भन्ने मान्यता रही आएको छ ।

तर एउटा नयाँ पक्ष पनि कागका विषयमा मान्यता रही आएको हामीले जान्नुपर्ने भएको छ । कागले बिहानबिहानै हाम्रा सामू आएर काग काग गरेकोखण्डमा जरुर केही शुभ संकेतका रुपमा मानिँदै आएको छ जसलाई हामी या पाहुना आउने संकेत हो वा केही धन लाभ हुने मान्यता रही आएको छ । त्यस्तै अति रुढिवादीहरु त के पनि भन्ने गरेका छन् भने यदि कुनै काग स्त्री माथि आएर बसेको खण्डमा उनीहरुको पतिलाई केही अशुभ हुने संकेत गर्दछन् ।

त्यस्तै कागले ठूलो ठूलो स्वरमा कराउन थाल्यो र पखेटा हल्लाउन थाल्यो भने पनि त्यसलाई अशुभ मान्ने गरेका छन् । यदि कागले बाटोमा पानी पिइरहेको देखियो भने त्यसलाई धन प्राप्तिको संकेत मानिँदै आएको छ । त्यस्तै कागले रोटीको टुकडा मुखमा च्यापेको देखियो भने पनि त्यसलाई शुभ मान्ने गरिएको छ । साथै कागले पछाडिबाट कराउन थालेको खण्डमा समस्याबाट मुक्त हुने संकेत मानिन्छ । यदि कागको बथान नै छेउमा आएर कराउँछ भने त्यसलाई अशुभको संकेत मानिन्छ । कागले जमिनमा लगातार मुखले कोतर्छ या मुख गाड्छ भने त्यसले निकै शुभ संकेत दर्शाउँछ यसलाई धन प्राप्तिकै संकेत मानिन्छ । अन्य पंछिको तुलनामा काग हाम्रो धार्मिक परम्परा अनुसार निकै शुभ मानिन्छ ।  

Facebook Comments
2+