Tuesday, September 28, 2021
spot_img

स्वस्थ्यकर र पौष्टिक आहार नै नियमित सेवन गरौँ

राख सम्वाददाता

बिहान उठेर खाजा खाने बानी गर्नेहरुका लागि याद राख्नुपर्ने कुरा । खाजा खाने त गरिएको छ तर के ति वस्तुहरु कतिको शरीरलाई राम्रो गरेका छन् या हामीले अपनाउनु पर्ने परहेजलाई ध्यान दिएको छौँ त ?

हामीले प्रयोग गरिरहेका खाद्य पदार्थहरु कत्तिको पौष्टिक छ त्यसलाई ध्यान नदिँदा सिधै यसको असर पेटमा हुने गरेको छ । यसले गर्दा हाम्रो पाचन प्रणाली नै असर गर्छ र हामीलाई विभिन्न रोग लाग्ने सम्भावना बढ्छ । त्यसैले बिहानको खाली पेटमा हामीले खाने भनेकै स्वस्थकर र पौष्टिक आहारलाई विशेष ध्यान दिनु पर्ने हुन्छ ।

यहाँहरुलाई केही विशेष टिप्स दिइरहेका छौँ :

कागती–मह

कुनै पनि खाजा खानुभन्दा पहिले हामीले सर्वप्रथम कागती र महको मिश्रण प्रयोग गरेको जुसलाई पहिले पिएको खण्डमा दिनभरी खाने हाम्रो आहार बिहारलाई यसले नियन्त्रण गर्दछ । यसका साथै शरीरमा हुने बोसोको मात्रालाई नियन्त्रण गर्दछ ।

ज्वानो

ज्वानो हाम्रो भान्सामा नियमित प्रयोग हुने वस्तु हो । यसले हाम्रो खानाको स्वादलाई बडाउँछ भने शरीरको स्वस्थतालाई पनि नियन्त्रणमा राख्दछ । प्राय सधैँजसो खाली पेटमा ज्वानोको सुप लिने गरेको खण्डमा हाम्रो स्वास्थ्यमा हुने गढबढीलाई निधै नै सुरक्षित र स्वस्थ्यकर हुन ठूलो मद्दत गर्दछ ।

तुलसी

तुलसी हाम्रो घरआँगनमा पाइने वनस्पती हो । यसलाई हामीले धार्मिक विधि अनुसार रोपेका हुन्छौँ । जुन हामीले प्रयोग गर्न भने पर्याप्त हुँदैन । तर यसलाई सेवन गर्ने उद्देश्यले आप्mनोकरेसा बारीमा लगाएर नियमित यसको सेवन गर्नाले धेरैजसो रोगहरुलाई नियन्त्रण गर्छ साथै दिमाग चुस्त र दुरुस्त राख्न ठूलो मद्दत गर्दछ ।

अमला

प्रचूर मात्रा पाइने भिटामिन–सी त्यो हो अमला । यसले हाम्रो शरीरलाई रोग प्रतिरोधात्मक शक्ति बढाउने काम गर्छ । यसलाई केवल त्यसै खानेमात्र होइन यसको अचार बनाएर पनि प्रयोग गर्न सकिन्छ । बिहान बिहान खाली पेटमा यसको जुस प्रयोग गर्नु उत्तम मानिन्छ ।

कागजी बदाम

शरीरको लागि र दिमाग चुस्त राख्न यसको प्रयोग गर्नु निकै फलदायी छ । यसलाई प्रयोग गर्दा राति पानीमा भिजाएर बिहान पानीबाट निकालेर सिधै यसको प्रयोग गर्नु एकदमै फलदायी हुन्छ । यसको प्रयोगबाट दिनभरी नै हामीलाई चुस्त र दुरुस्त राख्न मद्दत गर्दछ ।

मेवा

जस जसलाई कब्जियतको सिकायत हुने गरेको छ तिनीहरुका लागि बिहानै बिहानै यसको सेवन गर्नाले उक्त समस्याबाट मुक्त हुने जनाइएको छ । यसले पाचन प्रणालीलाई दुरुस्त राख्न भने कोलेस्ट्रोललाई कम गर्ने काम गर्दछ । यसले मुटुलाई पनि स्वस्थ राख्ने का गर्दछ ।

ग्रीन–टी

पहिले पहिले यसको प्रयोग कमै हुने गरेको थियो । यसलाई हामीले खासै महत्व दिएको पाइँदैन । तर यसको प्रयोगबाट मोटापा कम हुने र इम्युन सिस्टमलाई पनि यसले मजबुत पार्दछ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार