७ कार्तिक २०७७, शुक्रबार

म – कविता

14+

म माश्रिक रगतमापखालिएको नारी,

तेह्र वर्षबाटमेरोरगतकोरेशा बग्न थाल्छ!

महिनामा चारदिन भान्छामा छुन मनाही गरिन्छ,

चारदिन आमाबुबाको अंगालोमा बाँधिन दिइदैन!

चालिस रुपैयाको कर सहितको प्याडको पछाडि

भाग्दै गर्छ मेरो तातो शरीर

तपतप!

तपतप!                              

श्राद्दको दिन मेरो माश्रीक श्राव हुन्छ,

मलाइ घरबाट निकालिन्छ!

अपवित्रताको नाममा!

मेरोलागि खाना फालिन्छ!

अनुहारलुकाउँन अन्यत्र पठाइन्छ!

छाउपडी प्रथा महसुस शायद यसैलाई भनिदो हो!

लक्ष्मीपूजामा माश्रिक श्राव नहुन औषधि खुवाइन्छ!

यो

हरेक नारीको भित्र नारी हुँ!

मेरो रगतको पोको त बच्चा बनाउने गृहकार्यको लागि परीक्षा हो!

हुँ

द्रौपदी!

म हुँ पार्वती!

म हुँ बगिरहने बागमती !

हुँ म झरिरहनेपवित्र गङ्गा

मेरो पवित्रताबाटपुजा गरिन्छ!

हुँ एककलाको प्रतिमूर्ति !

मिठो जीवन दिनेअनुभूति !

तर मेरो माश्रिक श्राव,

मेरो गन्हाउने अपच रक्तश्राव,

पवित्रताको प्रश्नचिन्हमा किन आइदिन्छ?

के यो रगत कुनै पर्वमा बग्नु,

के त्यों एउटा अभिशाप र अपमानजनक होर?

या रगतको पोको बन्नु मेरो गल्ति थियो र !


– सुनयना कायस्थ

Facebook Comments
14+