७ कार्तिक २०७७, शुक्रबार

एक गल्ति – “कोरोना भाइरसको प्रकोप”

1+

विश्वव्यापी कोरोना भाइरसको प्रकोप बढेपछि नेपालमा पनि सरकारले लामो लकडाउन गरेपछि श्रावण ७ गते बाट आर्थिक कारोवार सहजबनाउदै जाने निर्णय गर्दै क्रमसःलकडाउन हटाउदै जाने नीति अवलम्बन गर्यो । लकडाउन भएतापनि राजनीतिक पहुँच भएकालाइ कहिले लकडाउन भएन । सर्वसाधारणको लागि कडा लकडाउन भएतापनि यहि समयमा संसद अपहरण देखि राष्ट्रपति निवास र प्रधानमन्त्री निवासमा पार्टी समेत भएको समाचार छापा माध्यमबाट बाहिरिएबाट शक्ति हुनेलाइ देशमा मोज छ र गरिब निमुखालाइ बोझ छ भन्ने प्रमाणित हुन्छ ।
त्यहि पहुचवाला मध्ये एक हो आकाश पनि ।सिन्धुपाल्चोक स्थायी घर भइ काठमाडौँ कार्यक्षेत्र बनाएकाउनलाई ४ महिने लकडाउन कहिले लकडाउन जस्तो लागेन । वालुवाटार, बुढानिलकण्ठ, खुमलटार, काडाँघारी र सिन्धु्पाल्चोक उसकालागि पानी पधेरो जस्तै थियो । आफ्नो आस्था र प्रेरणाका स्रोत देशको शासन सत्ताकाप्रमुख बाट कोरोनाभाइरस केहीहोइन बेसार पानीपिएर हाछयाँयु गरेसी ठीक हुन्छ भन्ने बेसार प्रवचन सुनेसी उसलाइ कोरोना सामान्य रुघाखोकी जस्तै लाग्न थालिसकेको थियो । सहर लकडाउनमा भएतापनि सहरका भित्री भूभागमा रहेका होटलमा दारुसंगै मनोरञ्जन लिन आकाशलाइ कहिले केहीले रोकेन । उसको दैनिकजीवनशैली सामान्य जस्तै थियो ।पत्रकारिता पनि गर्ने उनी काभ्रेमा नेकपाको कार्यक्रम देखि कांग्रेसको पार्टी प्रवेश कार्यक्रमको सूचना संकलनगर्न समेत पुगेका थिए ।
साउन तेस्रो साता उनलाइ सामान्य रुघाखोकीको लक्षण देखियो । २ दिन अघि सिन्धुपाल्चोक जाने क्रममा भिषण बर्षामा भिजेको कारण हुन सक्ने भन्दै पारासिटामोल खाए र कोरोना परीक्षण पनि गराए ।कोरोना नेगेटिभ देखियो । उनी खुसीभए र पूर्ववत दैनिकी शुरु गरे ।
यसै क्रममा उनी काठमाडौँ , सिन्धुलाल्चोक र काभ्रे आउने जाने क्रमनिरन्तर चलिरहयो । श्रावनको अन्तिम दिनमा उनले आफ्ना २ जना भारतीय मित्रहरु जो एनसेलको फोर जी टावर बनाउने कार्यमाकार्यरत थिए उनीहरु संगै रात विताउने कार्यक्रम मिलाए । आकाशकी श्रीमतिले रक्सी सेवन गरेको मन नपराउने हुदा अक्सर पिउने दिन उ अफिसको काम र अन्य के के बहाना बनाएर बाहिर नै बस्ने गर्थो । त्यस दिन उनीहरुले मज्जाले पिय । आकास पनि घर नजाने भएसी यो हो नि जिन्दगी भन्दै खुव रमे । त्यसपछि सरकारले निषेधाज्ञा जारी गरे पनि उनको दैनिकी सामान्य नै थियो । उनलाइ कुनै समस्या थिएन ।
अचानक उनका २ जना भारतीय साथीहरुमा कोरोनाको लक्षण देखापर्यो र कोरोना पोजेटिभ देखियो । कार्यलयको सवारी प्रयोग गरेतापनि उनीहरु अरु कसैको सम्पर्कमा आएका थिएनन। ड्राइभरको कोरोना परीक्षण नेगेटिभ देखियो। त्यसपछि ती २ भारतीयको कोरोनाको स्रोत खोज्दै जाँदा आकाशसम्म पुगियो । ४/५ दिन अघि मात्र आकाशको कोरोना परीक्षण नेगेटिभ आएकोले उनी खुलेआम नेगेटिभ रिपोर्ट देखाउदै हिडिरहेका थिय। बिस्तारै आकाशलाइ खोकी र ज्वारोले सताउनथाल्यो र पुन कोरोना परीक्षण गरे । यो समयमा उनलाइ कोरोना परीक्षण पोजेटिभ देखियो र उनकी श्रीमति र छोरालाइ समेत पोजेटिभ देखियो । आकाश, श्रीमति र छोरा ३ जनालाइ नै आइसालेसनमा राखियो । उपत्यकामा दिनहु कोरोना संक्रमितको संख्या बढिरहेकै थियो । आइसियु र भेन्टिलिटरको माग दिन प्रतिदिन बढिरहेको थियो र लक्षण देखिएको बिरामीहरुलाइ मात्र अस्पताल भर्ना गरिने नीति सरकारले अवलम्बन गरेको थियो ।आकाशको अवस्था दिन प्रतिदिन खराव हुदै गयो । उनलाइ भेन्टिलेटरको आवश्यकता पर्यो तर उपत्यकाका विभिन्न अस्पताल पु–याउदा कहि भेन्टिलेटर खाली भेटिएन । धुलिखेल अस्पतालमा बुझियो त्यहाँ पनि खाली छैन भन्ने खवर आएपछि अन्तत भरतपुर स्थित चितवन मेडिकल कलेजमा भेन्टिलेटर रहेको कुरा खवर आयो , उक्त भेन्टिलेटर यतै बाट रिजर्भ गरेर भरतपुर लाने निर्णय गरियो । हवाइ यातायत बन्द भएकोले तत्काल हवाइ चार्टर गर्न सम्भव नभएपछि एम्बुलेन्समा नै भरतपुर लगियो । अन्तत चितवनको रामपुर पुग्दा उनले यो संसार छोडे र अस्पताल पुग्ने बित्तिकै डाक्टरले उनलाइ मृत घोषणा गरे । यो संगै एउटा हाइप्रोफाइल व्यक्तिको असामयिक निधन भयो ।


– बिश्वास ढकाल

Facebook Comments
1+