७ कार्तिक २०७७, शुक्रबार

अष्ट्रेलियामा नेपाली हस्तकला स्टोर सुचारु

0

सम्बाददाता – सुमन भट्टराई
अष्ट्रेलियामा नेपालीहरुको संख्या बढिरहँदा नेपालीपन झल्काउनका निम्ति त्यस अनुसारकाे सेवा सुबिधा पनि बढ्दो छ । नेपाली समुदायबिच कला संस्कृतिको पनि अष्ट्रेलियामा राम्रैसँग जगेर्ना भईरहेको छ । यसै कुरालाई ध्यानमा राख्दै “द नेपाल क्राफ्ट” नामक हस्तकला सामाग्रिहरुको स्टोर सिड्निमा सुचारु भएको छ ।



नेपाली कला संस्कृति झल्किने हस्तकलाहरु उक्त स्टोरमा बिक्रीमा राखिएको छ । खुकुरी, आँखिझ्याल, चाँदिबाट निर्मित थालि त्यसतै बुद्धको मुर्ति लगायत बाैद्धिक सामाग्रिहरु पसलमा उपलब्ध छ । हुँन त द नेपाल क्राफ्टले यस प्रकारका सामाग्रिहरु अनलाई मार्फत पहिले देखिनै ग्राहकहरुलाई अर्डर पश्चात् बिक्रि गरिरहेको थियो ।
तर अब भने अनलाईन सहित स्टोर बाट पनि सामानाहरु सजिलै खरिद गर्न सकिने द नेपाल क्राफ्टका संचालक सुमन न्याैपानेले जानकारि दिए । उनका अनुसार अब ग्राहकहरुले स्टोरमानै आएर सामान आफुँले हेरेर खरिद गर्न सक्नेछन् । स्टोर सिड्नि स्थित ग्रानभिल, १० भिक्टोरिया स्ट्रिटमा अवस्थित छ । अनलाईन मार्फत नेपाली सहित चिनियाँ ग्राहकहरुले मुख्य रुपमा नेपाली हस्तकाहरु रुचाएको न्याैपानेले जानकारि गराए । उक्त स्टोरका सम्पुर्ण सामाग्रिहरु हातलेनै बनाईएको हो भने सो हस्तकलाहरु काठमाडौंको ठमेलबाट निर्यात गरिएको हो ।

Facebook Comments
0