१० कार्तिक २०७७, सोमबार

उत्तर कोरियामा घरपालुवा कुकुरलाइ मासुका परिकार बनाइदै

1+

काठमाण्डौ । उत्तर कोरियाका मानिसहरुलाई उनीहरुका घरपालुवा कुकुरहरुलाई त्याग्न आदेश दिइएको छ ।
उक्त देशमा खस्कदो आर्थिक समस्याको विच जनताको असन्तुष्टि दवाउने उद्धेश्य सहित उक्त कदम नेता किम जोन उनले चालेको बताइएको छ । ती कुकुरहरुलाइ होटल तथा रेष्टुराँहरुमा मासुको रुपमा प्रयोग गर्ने पनि उद्धेश्य राखीएको छ ।

नेता किम जोन उनको यो कदमलाइ खाद्य संकट समाधानको एक विकल्पको रुपमा पनि हेरिएको छ ।
घरपालुवा जनावरको रुपमा कुकुर अधिकांश राजधानी प्योंगयांगमा कुलीन र धनी ब्यक्तिको स्वामित्वको रूपमा लिइन्छ जसलाइ अधिकारीहरूले पूंजीवादी “क्षय“ को प्रतीकको रूपमा लिन्छन्, जबकि साधारण मानिसहरुले सुँगुर र अन्य पशुहरु पाल्ने गर्दछन् ।

नेता किम जोन उनले जुलाइमा घरपालुवा जनावरको स्वामित्वमा प्रतिबन्ध लगाउँदै यसलाई “बुर्जुवा विचारधाराको दाग लाग्दो प्रवृत्ति“ भनेर घोषणा गरेको दक्षिण कोरियाको चोसन इल्बो अखबारले जनाएको छ ।

त्यहाका अधिकारीहरुले कुकुर पालेका घरधनीहरुको पहिचान गर्दै बलपुर्वक जफत गरिरहेका छन् । केही कुकुरहरुलाइ चिडियाखाना पठाइएको छ भने केहीलाइ रेष्टुराँहरुमा मासुको रुपमा प्रयोग गर्न पठाइएको छ ।

चीन र कोरियाली प्रायद्वीपमा कुकुरको मासु परम्परागत रूपमा लोकप्रिय छ, यद्यपि दक्षिण कोरियामा यसको खपत कम हुँदै गइरहेको छ।
कुकुरधनीहरुले नेता उनलाइ पछाडीबाट सरापिरहेका छन्, तर उनको अगाडी कोही बोल्न सक्दैनन् ।

घरपालुवा जनावरको स्वामित्वलाई पश्चिमी गिरावटको रूपमा हेरिन्थ्यो, तर उत्तर कोरियाले १९८९ मा युवा र विद्यार्थीहरूको वर्ल्ड फेस्टिभल आयोजना गरेपछि भने यो मनोवृत्ति कम हुँदै गएको देखिन्छ । एजेन्सीको सहयोगमा ।

Facebook Comments
1+
प्रतिक्रिया दिनुहोस