१८ मंसिर २०७७, बिहीबार

माछा मार्ने क्रममा कैलालीमा एक जनाको मृत्यु

कैलाली । माछा मार्ने क्रममा कैलालीमा एक जनाको मृत्यु भएको छ ।

माछा मार्न थापेको पासोमा अल्झिएर भजनी नगरपालिका वडा नम्बर ७ का ३६ वर्षका अशोक पासीको मृत्यू भएको ईलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ ।

आफैले थापेको पासोमा माछा प¥यो की परेर भनेर हेर्न जाँदा त्यसैमा अल्झीएर पासीको मृत्यू भएको वडाध्यक्ष अमर कठरीयाले जानकारी दिए ।

पासीको शव आज बिहान गणेशमान आधारभूत विद्यालय नजिकै डुवेको अवस्थामा फेला परेको थियो । शव अहिले पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको वडाध्यक्ष कठरीयाले बताए ।

प्रतिक्रिया दिनुहोस