२३ बैशाख २०७८, बिहीबार

आज दिउँसो मेघगर्जन, चट्याङ सहित वर्षाको संभावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ भने देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ र देशभर थोरै स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

जारी सूचनाका अनुसार दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

यस्तै, राती भने देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

0
Would love your thoughts, please comment.x
()
x