२३ बैशाख २०७८, बिहीबार

ब्राजिलमा दैनिक कोरोना संक्रमित र मृत्युदर उच्च

एजेन्सी : ब्राजिलमा कोरोना भाइरसबाट दैनिक संक्रमित र मृत्यु हुनेको संख्या उच्च रहेको छ ।

वर्ल्डोमिटरको शनिबार बिहान ६ बजेसम्मको आँकडा अनुसार भाइरसबाट अहिलेसम्म १२ लाख ८० हजार पुगेको छ भने ५६ हजार १ सय ९ जनाको मृत्यु भएको छ ।

ब्राजिल कोरोनाबाट विश्वमा दोस्रो धेरै प्रभावित देश हो ।

ब्राजिलमा बितेको २४ घण्टामा ४६ हजार नयाँ संक्रमित थपिएका छन् भने १ हजार ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म ६ लाख ९७ हजार उपचारपछि निको भएका छन् । ५ लाख २६ हजार उपचारपछि निको भएका छन् ।

यो संक्रमित र मृत्युदर अन्य देशको तुलनामा उच्च रहेको स्वास्थ्य अधिकारी बताउँछन् ।

0
Would love your thoughts, please comment.x
()
x