२३ बैशाख २०७८, बिहीबार

एउटा कथा, भरियाको!

वर्षातको शीतलतामा नाचिरहेको झरी झैँ थिइ उनी!
सम्बन्ध थियो हाम्रो पच्चीस वर्षीय सुमधुर वैवाहिक वर्ष गाठको! रअहिले सम्म पनि ५ बजे उठेर त्यों चुराको आवाजबाट उठाउनेउसको बानी!
उनले भनिन,” बिर्सनुभयो है |”
मैले नसुनेझैँ गरे, म जिस्किने संसार पनि त ऊ नैथिइन् I चौबीस वर्ष देखि म भरियाको काम गर्दै आएको, एउटा साधारण गरिब नेपाली श्रीमान् म ! कत्तिजनाको नयनमा बसेकी थिइ  मेरी स्पर्शा!
स्पर्शा उठाउन थालिन्I खाना पाकिसक्यो आउनुहोस् न!
मेरो भरिया जीवनमा धेरैले घृणा गरे, मुखमुखै थुकेपनि! तर त्यों सब घुटुक्क निले किनकी यति धेरै इज्जत गर्ने स्पर्शा थियो मेरो ! यो पृथ्वी छोप्नेपचहत्तर प्रतिशत पानीझैँ उस्को सामिप्य त्यति नजिक र त्यति नै प्रिय! अरु हावाप्रतिशत कुरामा म किन सन्कीनु र!
खाना खाएर निस्किहाले! समय र कामकोचटारो ! अय्या निकाले कामबाट निकाल्दैला भन्ने डर !

साहुजीकोपसल अगाडि बसे | गर्मि थियो कुन्नि के पिउदै थिए !
एउटा मान्छेचाहियो साहुजी! परबाट सुनको सिक्री र औठीले बेरेको मान्छे देखे! उता पन्ध्र किलो चामल लग्नु छ! 
साहुजीले मलाइ तेर्साउदै भन्नुभयो | यी यो छ भरिया!
त्यों मान्छेले भन्यो म  अस्सी रुपैयाभन्दा बदी दिन्न साहुजी! जाबो त्यहाँ सम्म पुर्याउन नि सय रुपैयाको टनटन !
साहुजीले भन्नुभयो,” कतिको बाटो हो र?”
उही पर पन्ध्रमिनेटको बाटो! मेरो काम गर्ने मान्छे आउछ उससित पठाइदिनु! म गाडी लिएर घरगए |
मलाइ भन्यो,” ओइ भरिया चाडै ल्याउनु, पैसा उतै दिन्छु |”
पन्ध्र किलो चामल, गाडीमा अटाउन नसक्ने पहिलो धनाढ्य व्यक्ति देखे! अनि मोल अस्सी रुपैया मात्र! मानौ म मेरो एक एक हड्डीको टुक्रा उसलाई बेच्दै छु! तर बेच्नु नै छ आज वर्षगाठ छ मेरो!
“अस्सी रुपैयाकै भरमा घरमा प्याज गोलभेडा आउला! आज स्पर्शाले मिठो खान दिन पर्छ!” कति खुवाउनु खल्लो साग र भात!
लौरो जस्तो केटो दौडेर आयो, साहुजीको ईशारा बुझे!
सुन हरि बज्या धेरै बेर नअडकेर बसेस्! पैसामा कच्कच् नगरेस, बूढो भैसकेको छस आउन लागेको लक्ष्मी भगवान् हो, ऐले त्यति नि नापाउलास!
मेरो छोरोजति उमेर आउने एकजना साहु छ, जसले मेरो नाम लिन्छ उमेर होच्याउदै!
म समान लिएर गए! त्यों केटो केहि बोलेन! आखिर पन्ध्र मिनेटको बाटो त पैतालिस मिनेटको पर्न गयो !
केहि नभनी सामान पुर्याइदिए! घरमा कुकुरलाइ जति मानसम्मान एउटा अस्सी रूपैयाजाने मान्छेलाइ कहाँ हुन्छ र?
गर्मि महिनामा मेरो चियासंगको संगम मीठो लाग्छ तर आज मन मारिदिए! शरीर र मन दुवै जवान छ मेरो स्पर्शाको लागि!
पसल जान नपाउदै  साहुजीको तितो वचन फुरिहाल्यो,”बरालिएर आइस होइन! पन्ध्रमिनेटकोबाटोलाइ पैतालिस मिनेट लगाउन लाज लाग्दैन मुर्दार! कुन भट्टीमा चिया घिचेर दुख सुखको गफ गरेर मरिस! दुखतेरैमात्र छ! कसले बिहे गर भन्या थियो बैशाखीमाहिड्ने केटिसित! पढे नि के तेरो श्रीमती त घरमा चुरा फुटाउदै बस्छे!  लु गइहाल साहिला साहुकोमा ग्यास लेर आइज, बरालिस भने तेरो पैसा काटिदिन्छु! दुइटा सिलिन्डर हो नि फेरी कुजो शरीर छ होस् गरेस निस्किहाल त अहिले!”
बिचारहरु रुदै थिए मेरा, मेरो स्पर्शाको लागि! यो समाजले भरिया र पढेलेखेको केटि तरवैशाखीमाटेक्नेलाइ कत्रो अवहेलना! त्यों साहुजी त स्नातक पास गरेको मान्छे तर नि त्यस्तो अशिक्षित वचन!
हो मेरी स्पर्शा वैशाखीमाहिद्छे! पदेलेखेकी छे! तर सरकारी जागिरकोकोटामा काम गर्नखोज्दा नि कहिले फलानो र ढिस्कानो परिवारको मान्छे हाल्न थालेसी हाम्ले के गर्ने? अहिले नि मोतीको माला घरमै उन्छे तर बिदेशीहरु आक्कलझुक्कल किन्दिन्छ्न I अहिले सम्म मैले नुनपानी पकाउन दिएको छैन! दशैँमा मलाइ आफ्नों सुनको सिक्री बेचेर घडी र मोबाइल किन्दी I चार दिन सम्म मासु र भात! उ घरभित्र बस्छे त्यहि भएर उसको काम कसैले देख्दैनन्!

एक मुट्ठी सास फेर्न नपाउदै गैहाले! पैसाकाट्नदिनहुन्न!
दौडेर सामान लेर आइहाले! दश मिनेट मै !
साहुजी र्याल कार्दै भने, पैसोको माया छ तलाई, यी ले एक सय बिस रुपैया, खाजा खाएर आइहाल! आज पसल अलिक बेर सम्म राख्छुघरा आम्दानी भन्दाघाटाछ |
यत्रो ठुलो मील, घरबारलेसम्पन्न र दिनमा तिस हजार नाफा गर्नेको घाटा! म मनमनैसोचिरहे!
के सोछदै छ? निकाल्दिम कि क्या हो यो काम बाट? नत्र तेरो छोरो छ भने पठा!
यो वाक्य सुनेको दुइ वर्ष भैसक्यो! निसन्तान र भरियाको सन्तान भरिया नै हुनुपर्छ भन्ने उसको मानसिकता, म दंग्ग छु!
काम र थकानले घडीमासात बजिसकेको छ! म साहुजीलाइ घर जानु छ भनेर निस्के!
साहुजीको मुखबाट निस्कियो, “बिस रुपैया काटे मैले भोलिको तलब बाट! आधि छुट्टी लिए वापत! तेरो घरमा पुजा छ हो?
मैले भने,”मेरोर मेरो श्रीमती आजको दिन बिहे गरेको?’
साहुजीलेहास्दै भने,” अभरियाको नि लगन गाठो हुदो रैछ र मोज रैछ तेरो जिन्दगी?” ल भैगो पैसो काटिन मैले, जागइहाल!
म हतारेर गए! एउटा टिका र पोते किने! गोल्भेडा, प्याज अनि च्याउकिने! यतिकैमा मेरो आजको चारसय रुपैयासिध्यो!
पुग्दा आठ बजिसकेको थियो! शरीर बिश्राम माग्दै थियो! घरनपुग्दै त्यों मिठो मासुको गन्ध, छनछन् चुरा बजाउदै, गीत् गाउदै गरेको मेरो स्पर्शालाइ देखे|
त्योंचकमन्न रातमा त्यों जुनको खुशी बेग्लैथियो! अनुहारमाटिका र रातो धागो र त्यहि बिहेको सारीमा मेरो सुन्दर जुनेली!
मैले सोधीहाले,”मासु के बेचेर ल्याइस मेरो कान्छी!”
स्पर्शाले भनिन,”बेचेको होइन आज एउटा अपाँगलाइ कार्यक्रम थियो त्यसमा बसेकोले पैसा पाए !  आज मैले गीत पनिगाए!हजुरलाई मैलेनयाँ चप्पल ल्याएकी छु ! अबफाटेको चप्पल नलागाउनुस है! मैले यस्तै कार्यक्रममा सहभागी गर्न पाए भनेहजुर अब भरिया उठाउने काम नगर्नुस्, हजुरको थाकेको शरीर रसमाजको वचनले दुखेको त्यों मनको घाउ अब म निको पार्छु, हजुरलाईम गर्व गराउन चाहन्छु |”
यस्तो श्रीमती पाउने भाग्यमानी मै हुला! मैले केहि भन्न सकिन टाउको हल्लाउन बाहेक!
मैले उसलाई पोते लगाइदिए | ऊ मेरो शरीररुपी रुखलाइ आलिंगन गरि |हामी आफ्नोंभान्छा गरेरसुत्यौ! न उसले मलाई शुभकामना दिई न त मैले उस्लाई!  हामीलेमनमनै दियौ होला, यो माया आखिर दुइवटा मनको कुराकानी न हो!

अहिले त म उसको मायाको घुराइ सुन्दैछु!


-सुनयना कायस्थ

0
Would love your thoughts, please comment.x
()
x