२४ बैशाख २०७८, शुक्रबार

बैजनी सहर

बैजनी रङ्गमा
सहरनै लतपत भएपनि
यहाँका घरहरुसङ्ग
बैजनीको लिनुदिनु केही छैन
सहरै बैजनी भएपन
मान्छेहरुमा बैजनीको त्यान्द्रो समेत भेटे त मार्दिनु!

आउन 
र जानलाई गेट नभएपनी
मान्छे सब थुनिएका भेटिन्छन
यो सहर कैयौंको सपनाको प्रतिमुर्ति
तर यस्को मिजास निमोठ्ने खाल्को छ
सहर जुनसुकै रङ्गमा लतपतियोस
सबैले देख्ने भनेको मात्र “ब्लाक एन्ड ह्वाइट”

यो सहरले 
जिउदो सास 
भन्दा धेरै जिउदो लास बोकेको छ
त्यसैले सहरै हलुङ्गो छ
अनुहार फुङ्ग उडेको
अनी जाबो बैजनीले के रङ्ग भर्न सक्थ्यो!


बेदना राइ

0
Would love your thoughts, please comment.x
()
x