२४ बैशाख २०७८, शुक्रबार

घाँस काट्न भनी गएका वृद्धको ३ दिनपछि पहिरोमा शव फेला

सल्यान : पहिरामा पुरिएका अवस्थामा एक वृद्धको शव फेला परेको छ । कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरामा कम्मरभन्दा माथिको भागसम्म पुरिएका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी घरबाट निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास शुरु गरेको थियो । घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजीकैको डाँगडुँगे खोलाको पहिराले पुरिएको अवस्थामा शव फेला परेको हो ।

0
Would love your thoughts, please comment.x
()
x