२४ बैशाख २०७८, शुक्रबार

नेपालको कुल जनसंख्या तीन करोड नाघ्यो

काठमाडौँ : नेपालको कुल जनसंख्या ३ करोड नाघेको छ । शुक्रबार केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको हो ।

सन् २०११ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । तथ्याङ्क विभागका अनुसार वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर्मुला राखिएको छ । जसले जन्मदर, मृत्युदर र बसाईसराई दरको आधारमा जनसंख्या देखाउँछ ।

१२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।

0
Would love your thoughts, please comment.x
()
x