२३ बैशाख २०७८, बिहीबार

म को हुँ?

म त्यो शीत हुँ जुन् कैले झर्दैन अनि म त्यो प्रित हुँ जुन् कैले मर्दैन म त्यो लक्ष्य हुँ जुन् कसैले छुन सक्दैन म यस प्रकृतिकी फरक सृष्ठी त्यसैले मजस्तो यहाँ अरु कोइ हुनै सक्दैन

म त्यो फूल हुँ जुन् फूलेकै छैन
म त्यो आकाश हुँ जुन् खुलेकै छैन
म त्यो तारा हुँ जुन् चम्केकै छैन अनि
म त्यो पाइला हुँ जुन् लम्केकै छैन

म त्यो प्रतियोगी हुँ जसले कै जितेकै छैन
म त्यो समय हुँ जुन् कैलै बितेकै छैन
म त्यो किताब हुँ जुन् कसैले पढेकै छैन
म त्यो लडाइँ हुँ जुन् कसैले लडेकै छैन

म त्यो सपना हुँ जुन् कसैले देख्न सक्दैन
म त्यो भाग्य हुँ जुन् कसैले मेट्न सक्दैन
म त्यो हर्ष हुँ जुन् कसैले बुझ्न सक्दैन अनि
म त्यो वर्षा हुँ जहाँ कोहि रुझ्न सक्दैन

म त्यो हावा हुँ जसको कुनै गति छैन
म त्यो सुनामी हुँ जसको कुनै क्षति छैन
म त्यो सकस हुँ जुन् कसैले लेख्न सक्दैन
म त्यो प्रकाश हुँ जुन कसैले देख्न सक्दैन

म त्यो शीत हुँ जुन् कैले झर्दैन अनि
म त्यो प्रित हुँ जुन् कैले मर्दैन
म त्यो लक्ष्य हुँ जुन् कसैले छुन सक्दैन
म यस प्रकृतिकी फरक सृष्ठी त्यसैले मजस्तो यहाँ अरु कोइ हुनै सक्दैन



– सुप्रभा निरौला

0
Would love your thoughts, please comment.x
()
x