२३ बैशाख २०७८, बिहीबार

अन्तरमनको पिडा

खै कसरी फर्कु र आजपनि खाली हात म वासमा।
बसेकी होलि भुन्टेकि आमा थोरै चामल आउने आसमा।
दुनियाँको निम्ति खुसीको परिभाषा के हो म जान्दिन।
मेरो निम्ति सबै भन्दा ठुलो खुसी भुन्टेलाई को-खाइ को-खाइ गराएर उस्को मुखमा परेको गाँसमा।
भोकै मर्नुभन्दा त मारौ आफैलाई सोच्न बाध्य हुन्छु म घरीघरी।
हातमा देख्छु नाम्लो, खोज्छु एउटा रुख तर अाँखा अगाडी नाच्छन ती अबाेध छोराछोरी ।
बेलैमा आउनु है भुन्टेका बा, भनेर भुन्टेकि आमाले हात हल्लाउँदा बजेका थोत्रा चुराको छनछन।
अब बाचेर के सार, भन्छ एक मनले अर्को मनमा भुन्टेकि आमाको माया बढ्छ झनझन।
त्यो छातिमा रस कतिदिन आउँछ?

आज ठ्याक्कै दुई रात अनि तीन दिन भयो भुन्टेकि आमा पानी खाएर सुतेझै गरेकी।
उस्का दुखका समुन्द्र उसैसङ छन, बाहिर फिस्स हाँसिदिन्छे , भित्र-भित्र त जुग भैसक्यो उ मरेकी।
फर्कु आज कसरी अनि मिलाऊ कसरी यो अाँखा भुन्टेकि आमासगँ।
हठात् भुन्टे रोएको आवाजले तन्द्रा मेरो भयो भङ्ग।
छातिमा टाँसिएको रहेछ भुन्टे रुवाइ उस्को अब मन्द थिए ।
चाडैं घर आउनुस भनेर बोल्ने उस्कि आमाको सास अब सधैंको निम्ति बन्द थिए ।

रश्मि सिंह थापा

0
Would love your thoughts, please comment.x
()
x