३ जेष्ठ २०७८, सोमबार

नवजात शिशु मृत अवस्थामा फेला

चितवन : भरतपुर महानगरपालिका–२९ को १७ किलोमा एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ ।

सालनालसहित बेरिएको अवस्थामा आज शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

0
Would love your thoughts, please comment.x
()
x