२ माघ २०७७, शुक्रबार

लागुऔषध कारोबारमा संलग्‍न रहेको आरोपमा प्रहरी इन्स्पेक्टर पक्राउ

काठमाडौँ : महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुद्र शाही पक्राउ परेका छन् ।

लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा उनलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।

ब्युरो स्रोतका अनुसार लागुऔषध कोरेक्स कारोबारीसँग उनको सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले बुधबार चलाएको अपरेशनमा ६ सय बोतल बढी औषधिजन्य लागूऔषध कोरेक्स बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस