
पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
काठमाडौँ : ललितपुरको पाटन अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थायी ठेगाना चितवन भएका तर काठमाडौंमै बस्दै आएका ४९ वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ ।
उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनमा कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालको आइसोलेसन सेन्टरमा राखेर उपचार हुँदै आएको थियो ।
योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस