१० कार्तिक २०७७, सोमबार

प्रधानमन्त्री ओलीलाई सर्वोच्चले बोलायो

1+

काठमाडौं : सर्वोच्च अदालतले अवहेलनाको मुद्धामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।

कोरोना महामारीका समयले अदालतले दिएको विभिन्न अन्तरिम आदेशको कार्यान्वयनका बारेमा जवाफ दिन सर्वोच्चले बोलाएको हो ।

महामारीमा अदालतले ७ वटा अन्तरिम आदेश दिएको थियो । ती आदेशहरुबारे कार्यन्वयन, निर्णय, निर्देशन आदी इत्यादी के भैरहेको छ भन्नेबारे जवाफ दिन न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आदेश दिएको हो ।

केहिदिन अघि वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सरकारले महामारीमा दिएको अदालतको अन्तरिम आदेश कार्यन्वयन नगरेको भन्दै ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

अदालतले त्यसमा मंगलबार सुनुवाई गर्दै आदेश प्राप्त भएको मितिले १५ दिनभित्र अदालतमा आफैँ उपस्थित भई वा आफ्नो कानुनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नू भनिएको छ ।

आदेश पत्र:-

Facebook Comments
1+
प्रतिक्रिया दिनुहोस