३ जेष्ठ २०७८, सोमबार

पूर्वराजा शाहले यो वर्ष जन्मदिन नमनाउने

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक वर्ष विशेष ढंगले मनाउँदै आएका आफ्नो जन्मदिन यो वर्ष नमनाउने भएका छन्।

बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै पूर्वराजा शाहको सचिवालयले असार २३ गते ७४ वर्ष लाग्ने ज्ञानेन्द्रले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संकटलाई मध्यनजर गर्दै जन्मदिन नमनाउने तयारी भएको जनाएको हो । 

‘राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको छु’, शाहको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख छ, ‘साथै यतिखेर मेरा भावनाप्रति श्रद्धा, शुभेच्छा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई धैर्य, दृढता र साहसका साथ अगाडि बढ्न आह्वान गर्दछु ।’

विज्ञप्ति-

0
Would love your thoughts, please comment.x
()
x