७ कार्तिक २०७७, शुक्रबार

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

0

काठमाडौँ : नेपालमा आज थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १, बैतडीका ४, बाजुराका ७, डोटीका ४९, कैलालीका ४८, कञ्चनपुरका ८५, पर्वतका २, रौतहटका ४४ र सर्लाहीका २० जनामा संक्रमण देखिएको छ । यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा धादिङका २ र काठमाडौंका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १०, कोशी अस्पताल विराटनगर प्रयोगशालामा सुनसरीका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा झापाका १ र मोरङका १ जनामा कोरोना भेटिएको छ।

गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ६, प्रादेशिक जनस्वास्थ्य प्रादेशिक जनकपुरमा धनुषाका २०, महोत्तरीका १२ र सर्लाहीका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १, तनहुँका १ र नवलपरासी पूर्वका ३, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौडा प्रयोगशालामा नवलपरासी पूर्वका २ र पाल्पाका १४, पाटन अस्पताल ललितपुरमा भक्तपुरका १, वीर अस्पताल काठमाडौं प्रयोगशालामा अछामका १३ जनामा कोरोना पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गोरखाका २ र कास्कीका ४, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ९, गोरखाका १, कास्की र लमजुङका ५/५, पर्वतका १ र स्याङजाका ७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ५, कपिलवस्तुका १, पाल्पाका १ र रुपन्देहीका १ जनामा कोरोना भेटिएको छ।

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँकेका ९ र बर्दियाका १, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ७६ र प्यूठानका १०, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा जाजरकोटका १, सुर्खेतका १४, दैलेखका ४ र कालीकोटका १, सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा कैलालीका १ सय ३, बाजुराका १ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । यस्तै, संक्रमितहरुमध्ये हालसम्म २ हजार ३ सय ३८ जना निको भएर घर फर्किएका छन् । पछिल्लोसमय ११४ जना कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

Facebook Comments
0