८ कार्तिक २०७७, शनिबार

पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०७२८ पुग्यो

0

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितहरुमध्ये हालसम्म २ हजार ३ सय ३८ जना निको भएर घर फर्किएका छन् । पछिल्लोसमय ११४ जना कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म नेपालमा कोरोना संक्रमणबाट २४ जनाले ज्यान गुमाइसकेका छन् । 

हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ।

Facebook Comments
0