११ कार्तिक २०७७, मंगलवार

म बेहुली भएको बेला

बेहुली हुदाको अनेकौ भावाना कैद गर्दै लेखिएको कविता
4+

सजिनेछ, आगन सजिनेछ,
रुपमा मेरो सोर्ह श्रीङ्गार गरिनेछ,
सयौंको भिडमा,
पुरेतको साक्षीमा,
सिउदोमा मेरो सिंदुर भरिनेछ,
भाग्यका नया रेखा कोरिनेछ,

तर बाबा,
मेरो कन्यादान नगरिदिनु है,
म बेहुली भएको बेला,
म चाहदिन मलाई कुनै सामानसरि दान गरियोस,
मेरो जीवन कसैलाई सुम्पिइन्छ,
म मेरो परिवारको मान राख्दै,
मेरो अस्तित्व सुम्पिनेछु,
सुखि जिवनको मलाइ आशीर्वाद दिइन्छ,
म मेरो जन्मेको हुर्केको घर छोडेर,
नयाँ संसार बसाउन लागिपर्नेछु,

तर बाबा,
मेरो डोलि तयार नगर्नु है,
म बेहुली भएको बेला,
म चाहदिन मलाइ कैदीझै नयाँ घर बसाउन बाध्य पारियोस,
म हिड्ने गरेका बाटोहरु,
म रमाउने गरेका गल्लिहरु,
यि सबैलाई मैले पछि छोड्ने छु,
नयाँ बाटोहरु अनि गल्लिहरु,
तिनैमा रमाउन म सिक्ने छु,
सासुलाइ आमा अनि ससुरालाइ बुवा,
अनि देवरलाई भाइ,
नयाँ नातालाइ पनि म मायाले सम्हाल्नेछु,
अब बिस्तारै म जन्मघरलाइ माइत भन्न थाल्नेछु,
बालापन बिताएको यो घरमा,
म पाहुना हुन आउन लाग्नेछु,

तर बाबा,
बिदाइमा बेला आँसु नझार्नु है,
म बेहुली भएको बेला,
म चाहदिन मेरो बिदाइ पछि म पराइ बनु,
म यहाँ जस्तै त्यहा पनि आफ्नो बन्न चाहन्छु,
बुहारी हैन छोरी हुन चाहन्छु,
म हरेक कर्तब्य निभाउनेछु,
यहाँ जस्तै त्यहाँ पनि खुसी नै खुसी बाड्ने छु,
म आमाको नजर र बाबाको सिर,झुक्न दिने छैन कहिले,
कमजोर नपर्नु है,
बेहुली भएको बेला।।

  • दीपिका परियार

4+
प्रतिक्रिया दिनुहोस