बाटो
बाटो नामक कविता , सडकमा हिन्न त सधै हिदिन्छ तर तेस्को बारेमा सोच्ने त कमै होलान| सधै हिड्ने सडकलाइ सम्बोधन गर्दै बाटोको कथा एउटा सानो कबितामा प्रस्तुत गरि
मेरै
लागि
शर्वाङ्ग बिछ्याएर
लमतन्न छ ‘बिचरा’ बाटो
म उस्को छातिमा
खुट्टा बजार्दै हिँड्छु
त्यसमाथी टाउकाको भारि
तर ‘ऐया’ भनेको नि
सुनेको छैन मैले !
ऊ
भलाकुसारी
गर्न खोज्दो’ हो
गर्न खोज्दो’ हो
दिनको घाम
रातको जुन
साट्न खोज्दो’ हो
तर म पटमुर्ख
आफ्नै गर्हौ खुट्टा, भारी टाउको
सम्हाल्दै ठिक्क।।।

प्रतिक्रिया दिनुहोस