५ कार्तिक २०७७, बुधबार

हाम्रो समाज

मलाई लाग्यो ,आमालाई मेरो माया भन्दा समाजको डरले जितिरहेको छ।अनि मेरो मन अलमल्ल पर्यो वर्षौं सम्म लगाएको अजात सँगको माया रोजौं की ,समाजले बाँच्न दिँदैन भनेर डराएकी मेरी आमाको सोचलाई रोजौं।?
40+

आमाले भन्दै हुनुन्थ्यो “अजात सँग बिहे नगर ,समाजले बाँच्न दिँदैन “।मेरो मनमा धेरै प्रसन्न हरु उठिरहेको थियो ,आखिर यो जात कसले बनायो ?मानिस सबै एउटै होइनन् र ?मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्ने त कुरामै सीमित रैछ हैन र ?

 मैले आमालाई प्रश्न गरे ,आमा यदि मैले जातको केटासँग बिहे गरे तर मैले बिहे गरेको केटाको चरित्र खराब ,नियत खराब रैछ मलाई सुख सँग बाँच्न नदिने रैछ ,दुःख दिनेरैछ भने नि ?

आमाले भन्नुभयो“जातको भनेको जातकै हो । बाबु आमा मर्दा छुन सम्म दिँदैनन् यो समाजका हरुले अजात सँग बिहे गरोभने ।“

आमाको कुराले मलाई निःशब्द बनायो ।आखाहरु आसुले टिलपिल भए ।ठम्याउन सकिन आमाले मप्रतिको माया लुकाइरनु भएको होकी ,समाजको विषालु सर्पले थुङलान भनेर डराउनु भएको हो ।

मैले फेरि भने “आमा तपाईंले बिहे गरेको २० वर्ष अगाडि अनि आज २० वर्ष पछाडि ।मान्छेको सोच परिवर्तन भइसक्यो,समाज परिवर्तन  भइसको। आमाले भन्नुभयो केही परिवर्तन भएको छैन ,केवल परिवर्तन भको नाटक गर्छन् मान्छेहरू ।तँलाई रुकुम घटना थाहा छैन क्या हो ?मर्दिन्छन् नानी मर्दिन्छन् ।“

मलाई लाग्यो ,आमालाई मेरो माया भन्दा समाजको डरले जितिरहेको छ।अनि मेरो मन अलमल्ल पर्यो वर्षौं सम्म लगाएको अजात सँगको माया रोजौं की ,समाजले बाँच्न दिँदैन भनेर डराएकी मेरी आमाको सोचलाई रोजौं।?

धिक्कार छ मलाई ,जो यत्रो पढेरपनी सही कुराको सहज साथ दिन सक्दिनँ ।

धिक्कार छ मलाई म पढेको कुरा जीवनमा लागू गर्न सक्दिनँ।

धिक्कार के मलाई म पढेलेखेको मान्छे भएरपनि मेरी अनपढ आमाको सबै जात एउटै हो भनेर बुझाउन सक्दिन ।

धिक्कार छ यो समाजलाई जो कसैलाई आफ्नो ढंगले बाँच्न दिँदैन ।

40+