
गण्डकीमा थप १०४ जनामा कोरोना पुष्टि, संक्रमित ६९७ पुगे
पोखरा : गण्डकी प्रदेशमा थप १ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।
बाग्लुङका ६, पर्वतका २१, नवलपरासीका ३८, गोरखाका १८, तनहुँका १, स्याङ्जाका १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस