११ कार्तिक २०७७, मंगलवार

मेक्सिकोमा ७.७ म्याग्निच्युडको शक्तिशाली भुकम्प

0

एजेन्सी : मेक्सिकोमा ७.७ म्यानिच्युडको शक्तिशाली भुकम्प गएको छ ।

यु एस जियोलोजिकका अनुसार मंगलबार बिहान स्थानिय समय अनुसार ११ बजेतिर २९ मिनेट जाँदा ओक्साका राज्यको प्रशान्त तटमा केन्द्रबिन्दु बनाएर दक्षिणी र मध्य मेक्सिकोमा भुकम्पको गएको हो ।

भुकम्पपछि सर्वसाधारण नागरिकको भागदौड मच्चिएको थियो । भुकम्पको क्षति विवरण आउन बाँकी छ ।

स्थानियलाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरीले हेलिकप्टर र गस्ती गर्दै साइरन बजाएर उद्धार गरिरहेको छ ।

भुकम्पको धक्का ग्वाटेमाला र दक्षिण र मध्य मेक्सिकोमा महसुस भएको थियो । मेक्सिकोको केही भूभागमा समुद्री छाल एकदेखि तीन मिटरसम्म पुग्न सक्ने सम्भावना रहेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस