११ कार्तिक २०७७, मंगलवार

बाँकेमा कार दुर्घटना – दुई जनाको मृत्यु

0

काठमाडौँ : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका-१ सिक्टामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो पूर्वबाट पश्चिम जाँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर रूखमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ज्यान गुमाउनेमा सवार नवलपरासी, कावासोती नगरपालिका—८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका—१२ निवासी ४१ वर्षीय कमलराज लम्साल रहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस