५ कार्तिक २०७७, बुधबार

पाल्पाको तानसेनमा पहिरोः ज्यान गुमाउनेको संख्या ४ पुग्यो

0

काठमाडौँ : पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा मबार गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

घटनास्थलमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आज झापाको शिवसतासी नगरपालिका–८ का १८ वर्षीय कुमार तामाङको शव फेला पारेको हो ।

सोमबार ३ जनाको मृत्यु भएको थियो । दुई जनाको घटनास्थलमै र एक जनाको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हनेहरुमा पाल्पाका रिब्दिकोट गाउँपालिका वडा नं २ देउरालीका ३२ वर्षिय भुवन खाम्चा, काभ्रे पाँचखाल नगरपालिका वडा नं ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नं २९ बाङ्गेसालका २३ बर्षिय वीर बहादुर गुरुङ रहेका थिए ।

पहिरोमा ४ वटा सवारी साधन पुरिएको अवस्थामा भेटिएका छन्।

Facebook Comments
0