३ जेष्ठ २०७८, सोमबार

मंगलबार ५ सय ३८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १० हजार ९९

काठमाडौं : नेपालमा थप ५ सय ३८ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जगेश्वर गौतमले मंगलबार ४ सय ४८ जना पुरुष र ९० जना महिलाका कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । हालसम्म २ हजार २ सय २४ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

देशभर ८५ हजार ८ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ८ सय ५१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसतै कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।

0
Would love your thoughts, please comment.x
()
x