७ कार्तिक २०७७, शुक्रबार

बारबर्दियाको बजेट ७८ करोड ८३ लाख

0

राजापुर : बर्दियाको बारबर्दिया नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८का लागि रु ७८ करोड ८२ लाख ५० हजारको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको जारी सातौँ नगरसभामा नगर उप्रमुख अञ्जु दहितले चालुतर्फ रु ४७ करोड २९ लाख ४५ हजार र पूँजीगततर्फ रु ३१ करोड ५३ लाख ५ हजारको बजेट प्रस्तुत गरे । बजेटमाथि मंगलबारदेखि छलफल हुने नगर प्रवक्ता दुर्गाबहादुर विश्वकर्माले जानकारी दिए ।

Facebook Comments
0