६ कार्तिक २०७७, बिहीबार

कपिलवस्तुमा करेन्ट लागेर एक युवकको मृत्यु

0

चन्द्रौटा : कपिलवस्तुमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

आज अपराह्न ३ बजे रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर अर्घाखाँची भूमिकास्थान नगरपालिका –२ स्थायी घर भएका २७ वर्षीय नवराज भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

बुद्धभूमि नगरपालिका चौवन्नपुरमा मामाघर बस्दै आएका भुसाल दिउँसो सडक नजीकै रहेको रुखमा घाँस काट्ने क्रममा विद्युत्को तारले छुँदा करेन्ट लागेर रुखमै अड्किएका थिए । शव परीक्षणका लागि तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments
0