८ कार्तिक २०७७, शनिबार

थप ५३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९५६१ पुग्यो

0

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ । हालसम्म संक्रमितमध्ये २१४२ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय ३७० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणबाट नेपालमा २३ जनाले ज्यान गुमाएका छन् । 

हालसम्म नेपालमा ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । बाग्मती प्रदेशको रसुवा जिल्लामा भने हालसम्म कोरोना संक्रमित भेटिएका छैनन् । 

Facebook Comments
0