
नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या २३ पुग्यो
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ज्यान गुमाउनेमा गुल्मीका पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस