११ कार्तिक २०७७, मंगलवार

पछिल्लो २४ घण्टामा थप ४२१ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार नाघ्यो

0

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । हालसम्म संक्रमितमध्ये एक हजार ७ सय ७२ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय १९४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस